आइतवार, आश्विन २५ गते २०८३

फेरी सभापति बन्न सजिलो छैन देउवालाई, यी नेताहरुले छाडे साथ!

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई  १४ औं महाधिवेशनमा नेतृत्वमा पुग्न एकदमै कठिन देखिएको छ। प्रधानमन्त्री समेत रहेको देउवालाई आगामी निर्वाचनमा आफ्नै पक्षका प्रभावशाली नेताहरुले साथ नदिने देखिएको छ।

अघिल्लो १३ औं महाधिवेशनमा साथ दिएका नेताहरु अहिले सभापतिका देउवाका प्रत्यायसी बन्न खोजिरहेका छन। उनीहरुलाई मनाउने प्रयासमा लागेका देउवाले अहिलेसम्म सफलता पाउन सकेका छैन्। देउवा पक्षका प्रभावशाली नेता विमलेन्द्र निधिले आफूलाई सभापतिको उम्मेदवार घोषणा गरी तयारीका गतिविधि अगाडि बढाइ सकेका छन्।

संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व लिने रणनीति बनाइरहेका बेला महाधिवेशनका लागि सहयोगी भनिएका आफ्ना पक्षका प्रभावशाली नेताहरु एकपछि अर्कोले देउवालाई छोड्दै गएका छन्।

संस्थापन पक्षइतरका वरिष्ठ नेता पौडेलका साथै महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, १३औं महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य विजयी भएका नेता डा. शेखर कोइरालालगायतका शीर्ष नेताले आफूहरु एकढिक्का भएर नेतृत्वका लागि साथ दिँदै देउवालाई नेतृत्वबाट हटाउने रणनीति बनाइरहँदा आफ्ना मुख्य सारथी निधि गुटबाट बाहिरिएपछि देउवालाई थप संकट उत्पन्न भएको हो। 

निधि बाहिरिएसँंगै १४औं महाधिवेशनमा अन्य प्रभावशाली नेता ज्ञानेन्द्रवहादुर कार्की, एनपी साउदलगायतका नेताहरुको साथ पनि देउवाले नपाउने निश्चित छ। अघिल्लो अधिवेशनमा देउवालाई साथ दिँदै महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसीले पनि यो अधिवेशनमा देउवालाई साथ नदिने निश्चित छ। सिटौला पनि सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार