सोमवार, श्रावण २५ गते २०८३

महानायकसंग मोडल अनामिकाको ‘नाचन कान्छी’ (भिडियोसहित)

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। महानायक राजेश हमाल र मोडल अनामिका कार्कीको डान्स रहेको गीत ‘नाचन कान्छी’ सार्वजनिक भएको छ।

अभीराज ओली (एम्सेन्ज)को भोकल रहेको र्‍यापमा शब्द, संगीत र एरेन्ज ओम सुनारको रहेको छ।

गीतको भिडियोमा देवेन्द्र कुवरको निर्देशन र कोरियोग्राफी छ।

हरि बहादुर घलेको छायाङ्कन, बन्दी प्रसादको सम्पादन र समीर मियाको कलरिङ् र भीएफ्क्समा भिडियो बनेको छ।

भिडियोमा अस्मिता भट्ट, विमल बिटिएस, रहिसा रेग्मी र बिबिशा भण्डारीको अभिनय पनि छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार