आइतवार, आश्विन २५ गते २०८३

सत्ता गठबन्धनका शीर्षनेताहरुको बैठक बस्दै

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। सत्ता गठबन्धनका शीर्षनेताहरुको बैठक आज पनि बस्दै छ। मन्त्रिपरिषद् विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल गर्न नेताहरु बैठक बस्न लागेका हुन्।  

आजको बैठकले मन्त्रालय बाँडफाँटको विषय टुंगो लगाउने बताइएको छ। यसअघि आइतबार पनि शीर्षनेताको बैठकले यसबार छलफल गरेको थियो। मंगलबारसम्म आन्तरिक तयारी सकेर बुधबार सरकारलाई पूर्णत दिने आफू निकट नेतासँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

सरकार गठनको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर देउवा नेतृत्वको सरकारको आलोचना हुँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार