आइतवार, आश्विन २५ गते २०८३

आयोगले पार्टी रोज्न २१ दिनको समय तोकेपछि ओलीको यस्तो निर्देशन

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका नेता कार्यकर्तालाई पार्टी विभाजनविरुद्ध उभिन निर्देशन दिएका छन्। ओलीले सोमबार अन्तरपार्टी निर्देशन जारी गरी पार्टीमा विभाजन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्। 

निर्वाचन आयोगले एमाले र जसपाको विभाजनपछि प्रदेश र स्थानिय जनप्रतिनिधीलाई पार्टी रोज्न पाउने २१ दिनको समयसिमा तोकेपछि एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले अन्तरपार्टी निर्देशन जारी गरी आयोगले जारी गरेको सूचनाबाट प्रभावित नहुन भनेका छन्। 

यसअघि आइतबार आयोगले सुचना जारी गरी एमालेबाट विभाजित भई माधव नेपाल नेतृत्वमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश हुन चाहने एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुले नयाँ दल गठन भएको २१ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखन गर्न सक्ने जनाएको थियो।
यस्तो छ, ओलीको सर्कुलर 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार