काठमाडौं। सोमबार २ हजार २९५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ। यसमध्ये ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा १ हजार ८०८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
मृत्यु हुनेको संख्या १६ रहेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन्।