आइतवार, आश्विन २५ गते २०८३

उपचारपछि नेपाल फर्किएका झलनाथ खनालले विमानस्थलमा के भने ?

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतस्थित अस्पतालमा उपचारपछि सोमबारम नेपाल फर्किएका छन्। उपचारत अवस्थामै माधव नेपाललाई नयाँ पार्टी गठनका लागी सहयोग गरेका नेता खनालले आफहरुले एमाले फुटाएको नभई विद्रोह गरेको बताएका छन्।

सोमबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्व प्रधानमन्त्री समेत रहेका खनालले नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको भनाई राखे। 

पूर्व प्रधानमन्त्री खनालले आफ्ना जीवन नाफाको भएको बताए। ७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी नगर्ने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने उनले बताएकाछ छन्।

नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सहितका नेताहरु विमानस्थल पुगेका थिए। मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि दिल्ली गएका नेत खनाल करिब साढे २ महिनापछि स्वदेश फर्किएका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार