काठमाडौं। बुटवलमा पहिरोपछि आएको लेदोसहितको बाढीले थप ७ घर पुरेको छ। सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोसहित आएको बाढीले अन्य दर्जनौ घर जोखिममा परेका छन्।
वर्षा नरोकिएका कारण जोखिम न्यूनीकरणका काम गर्न समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन्। आइतबारसम्म २ दर्जन बढी घरमा बाढी पसेको थियो।
पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन्। आइतबार बिहानदेखि झर्न सुरु गरेको लेदोसहितको पहिरो अझै रोकिएको छैन। पहिरोको लेदो बगेर बुटवलको हस्पिटल लाइनसम्म आइपुगेको छ। वर्षा नरोकिए बुटवलको मुख्य बजार नै जोखिम पर्ने खतरा बढेको प्रहरीले जनाएको छ।