आइतवार, श्रावण २४ गते २०८३

नाेबेल अस्पताल भवनकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

आइतवार , पौष ६, २०८२

काठमाडौँ । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।

भवनको पाँचौ तलाबाट खसेका डाक्टर अमित यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौ तलाबाट खसेर गम्भीर घाइते भएका यादवको मृत्यु भएको हो ।

उनी इन्टर्नका रुपमा अस्पतालमा कार्यरत थिए । सप्तरीको, राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव पाँचौँ तलामाथिबाट भूइँमा खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार शुरु गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार