आइतवार, श्रावण २४ गते २०८३

कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम खुला

मंगलवार , पौष ८, २०८२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ। बोर्डले शैक्षिक सत्र २०८२/०८३ को वार्षिक कार्यतालिका अनुसार नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीका लागि परीक्षा आवेदन भर्न आह्वान गरेको हो।

सूचना अनुसार साधारण समयभित्र परीक्षा शुल्क बुझाउन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र तोकिएको रकम दाखिला गरिसक्नुपर्नेछ। यदि उक्त अवधिमा शुल्क बुझाउन छुटेमा माघ १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाएर फाराम भर्न सकिने व्यवस्था गरिएको छ।

यस पटकको परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थी सहभागी हुन पाउनेछन्। त्यस्तै, आंशिकतर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ७९, ८० र ८१ भएका परीक्षार्थीले मात्र आवेदन दिन पाउने बोर्डले स्पष्ट पारेको छ।

नियमित परीक्षार्थी हुनका लागि कक्षा ११ को सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ ग्रेड र आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने अनिवार्य सर्त राखिएको छ। विद्यार्थीले फारामका साथमा विद्यालयबाट प्रमाणित कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपि पनि बुझाउनुपर्नेछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार