आइतवार, आश्विन २५ गते २०८३

मन्त्रीपरिषद् विस्तारको अन्तिम कसरतमा सत्तारुढ गठबन्धन, आज पनि बालुवाटारमा बैठक

मंगलवार , भाद्र १५, २०७८

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ।

मन्त्रीपपिरषद् विस्तार र मन्त्रालय भागबन्डाको टुंगो लगाउन गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्। बैठक अहिले केहि बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचवालयले जानकारी दिएका छ।

बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष, माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लगाएत राष्ट्रिय जनमोर्चाका नेता बैठकमा सहभागि हुदैछन्। यसअघि सोमबार बसेको शीर्ष नेताको बैठकले बुधबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो। सोहिअनुसार गठबन्धनका नेताहरुले मन्त्रीपरिषद् विस्तारको अन्तिम तयारी थालेका हुन्।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ। नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सरकार विस्तारबारे गठबन्धनमा छलफल सुरु भएको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार