शुक्रवार, आश्विन १६ गते २०८३

पूर्वगृहसचिव, आईजी र सीडीओको स्थानहद फुकुवा, ओली र लेखकको बाँकी

मंगलवार , पौष ८, २०८२

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ । मंगलबार एक पत्र पठाउँदै आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो ।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको उक्त पत्रमा उनीहरूको स्थानहद फुकवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने बताइएको छ । उनीहरूको बयान सकिएकाले स्थानहद फुकुवा गरिएको हो । यसअघि गुप्तचरका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा दमन गरेको भन्दै आयोगले उनीहरूसहित तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई समेत स्थानहद तोकेको थियो ।

ओली र लेखकको हकमा आयोगले हालसम्म फुकुवा गरेको छैन् । आयोगका अनुसार ओली र लेखकको बयान बाँकी नै छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार