शुक्रवार, आश्विन १६ गते २०८३

पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

शुक्रवार , आश्विन १६, २०८३

 काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा देशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । 
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका तराई भू–भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना छ ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार