बिहिवार, आश्विन १५ गते २०८३

शिक्षाविद् शर्माको निधनमा रास्ट्रपति मर्माहत

बिहिवार , आश्विन १५, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति एवम् शिक्षासेवी प्राध्यापक डाक्टर सुरेशराज शर्माको निधनले आफू स्तब्ध भएको बताउँदै मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा डा शर्माको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको छ । 


उहाँले डा शर्माको निधनमा दिनुभएको समवेदना सन्देशमा सो विश्वास व्यक्त गर्नुभएको हो । 


“शिक्षालाई नै मुलुकको विकासको आधार मानेर यसको नीतिगत, प्राज्ञिक र भौतिक विकासको पक्षलाई जीवनभर प्राथमिकता दिनुहुने शर्माको निधन नेपालको शैक्षिक क्षेत्रको लागि अपुरणीय क्षति हो, मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा डा शर्माको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने मैले विश्वास लिएको छु”, समवेदना सन्देशमा उल्लेख छ । 


साथै, राष्ट्रपति पौडेलले काठमाडौँ विश्वविद्यालय स्थापना एवम् यसको लामो समयसम्म नेतृत्वकर्ता, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको संस्थापक र समग्रमा नेपालको विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षाको विकास र विस्तारमा शर्माले पु¥याउनुभएको योगदान अतुलनीय भएको उल्लेख गर्नुभएको छ । 

सो समवेदना सन्देश राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले शर्माका परिवारजनलाई विहिबार हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार