बिहिवार, आश्विन १५ गते २०८३

बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकमा खुल्यो ट्र्याक

बिहिवार , आश्विन १५, २०८३

काठमाडौं । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा ट्र्याक खुलेको छ ।

ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावत समेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।

मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोडिने मुख्य सडकमार्गका रूपमा रहेको उक्त खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ ।

सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारी आवतजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह समेत गरेका छन् ।

ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार