शुक्रवार, आश्विन १६ गते २०८३

‘सम्पत्ति विवरण हामीले बुझाएका छौँ, प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेन : मन्त्री घिसिङ

बुधवार , पौष ९, २०८२

काठमाडौं । जेनजी आन्दोलनको जगमा सुशासनको कुरा उठाउँदै गठित वर्तमान सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सय दिन बितिसक्दा पनि सार्वजनिक भएको छैन् ।

सम्पत्ति विवरण सार्वजनिक नभएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला सहरी विकासमन्त्री कुलमान घिसिङले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दोष थुपारिदिएका छन् । मन्त्रालयमा आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक नगरेको बताएका हुन् ।

मन्त्री घिसिङले भने, ‘लामो समयसम्म कर्मचारीको हैसियतमा विवरण बुझाएकै हुन्थ्यो । यो वर्ष क्याबिनेटमा सबैले समयभित्रै गर्नु भएको थियो । सार्वजनिक गर्ने प्रधानमन्त्री कार्यालय हो, हामी ट्रान्फरेन्सिमा र सुशासनको विषयमा हामी कटिबद्ध छौँ ।’

उनले थपे, ‘मन्त्रालयअन्तर्गत सुशासनको विषयलाई कठोरताका साथ लागू गर्नुपर्छ हामी जेनजी आन्दोलनबाट आएका छौँ भनेर लागेका छौँ । अहिलेसम्म कुनै पनि ठाउँमा कम्प्रमाइज गरेका छैनौँ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार