शुक्रवार, आश्विन १६ गते २०८३

तराईमा हुस्सु र कुहिरो कायमै, काठमाडौँमा चिसो बढ्यो

बिहिवार , पौष १०, २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो देशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो देशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

राति देशका तराई भूभागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ। महाशाखाका अनुसार बिहीबार बिहान ५ : ४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस देखिएको हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार