आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस सभापतिमा कल्याण गुरुङले उम्मेद्वारी घोषणा गर्दै

मंगलवार , भाद्र १५, २०७८

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति पदमा उमेदवारी घोषणा गर्ने भएका छन्।

उम्मेद्वारी घोषणाका लागि गुरुङले भोली (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरेका छन्। बुधबार दिउसो २ बजे काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै उनले कांग्रसको सभापतिमा घोषणा गर्ने छन्।

यसअघि कांग्रेसको सभापतिमा उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् । भने महामन्त्रीमा नेता गगन थापाले हिजो मात्रै घोषणा गरिसकेका छन्। उनीहरु महाधिवेशनको तयारीमा जुटि सकेका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार