शुक्रवार, आश्विन १६ गते २०८३

वैकल्पिक शक्ति निर्माणका लागि रवि, बालेन, सुनील शर्मा र सागर ढकाल छलफलमा

बिहिवार , पौष १०, २०८२

काठमाडौं । वैकल्पिक शक्ति निर्माणको छलफलमा सहभागी हुन नेताहरू भेला हुन थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन, कांग्रेस नेता सुनील शर्मा, जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ शाह कुपेण्डोलस्थित कुमार बनेको घरमा भेला हुँदैछन् । वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल पनि भर्खरै पुगेका छन् । सुदन गुरुङ भने यसअघि नै पुगिसकेका छन् । रास्वपा सभापति लामिछानेसँग असिम शाह, गणेश कार्की पनि छन् ।

यसअघि सोमबार राति कमलपोखरीमा लामो समय छलफल गरेका रवि र बालेनले आजको छलफलमा अन्य नेतालाई पनि सहभागी गराउन लागेका हुन् । उक्त छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरू निकट नेताहरूले बताएका थिए ।

बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् । आजै पनि उनले ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार