काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अहिले वार्ता चलिरहँदा विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि पुगेका छन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि वार्ता चलिरहेको छ । यसैबीच सिंह पनि वार्तास्थल पुगेका हुन् । अहिले रवि र बालेनबीच वान टू वान वार्ता चलिरहेको छ ।
त्यहाँ जेनजी प्रतिनिधि सुदन गुरुङ लगायत पनि उपस्थित छन् ।