काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहसँग छलफल गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति बाहिर निस्किएका छन् ।
बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उनीहरू वार्तामा बसेका थिए । झण्डै एक घण्टा छलफलपछि लामिछाने बाहिर निस्किएका हुन् । बालेनसँगको छलफलबारे लामिछानेले कुनै प्रक्रिया दिएनन् । वार्तास्थलमा रहेका सञ्चारकर्मीले प्रश्न गरे पनि उनले बोल्न चाहेनन् ।
वार्तामा के भयो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा लामिछानेले भने, ‘मेरो अनुहारले के भन्छ ?’ त्यसपछि उनलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि गरेका थिए । ‘लौरो टेक्ने कि घण्टी बजाउने रु,’ उनलाई प्रश्न गरिएको थियो । जसको जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’
बालेन र लामिछानेबीच कसरी मिल्ने भन्ने विषयमा छलफल भएको रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले बताएका छन् । वार्तास्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्कीले मिलेर चुनावमा जाने विषय नै छलफलको एजेन्डा रहेको बताएका छन् ।