शुक्रवार, आश्विन १६ गते २०८३

सोमबार रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

बिहिवार , पौष १०, २०८२

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन् । लेखकले भने, ‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु ।’

उनले भोलि (शुक्रबार) का लागि आयोगले बोलाएको तर आफू सोमबारमात्रै जाने बताएका छन् । लेखकले भने, ‘उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ । मैले सोमबार आउँछु भनेको छु । १४ गते सोमबार म जान्छु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार