काठमाडौं। बागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन्। निर्वाचन आयोगले दल रोज्न सामयसिमा तोकेपछि बागमतिका ११ सांसदले नयाँ दल रोजेका हुन्। उनीहरुले मंगलबार औपचारिक रुपमा एमाले छोडेर प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफूलाई सनाखत गराएका छन्।
नयाँ दलमा आफूलाई सनाखत गराउने प्रदेशसभा सदस्यहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनाल छन्।
११ जनाले आधिकारिक रुपमा एमाले छोडेर नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। निर्वाचन आयोगले २१ दिनको समय दिएर एमाले र जसपाका प्रदेश र स्थानिय तहका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको छ।