सोमवार, श्रावण २५ गते २०८३

मंगलबार १६६४ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

मंगलवार , भाद्र १५, २०७८

काठमाडौं। मंगलबार १ हजार ६६४ जनाकोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २२२ परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

यस्तै कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । 

त्यस्तै सोही अवधीमा कोरोनाबाट थप २० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ । हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेका छन्  भने ५३७ जना आईसीयूमा रहेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार