आइतवार, श्रावण २४ गते २०८३

भिनोलिभा रेस्टुरेन्ट एन्ड बारमा न्यु इयर ईभ २०२६, गोर्खाली तक्मा ब्यान्डसहित भव्य ‘काउन्टडाउन नाइट’

बुधवार , पौष १६, २०८२

काठमाडौं । राजधानीको प्रिमियम फाइन-डाइनिङ गन्तव्यका रूपमा स्थापित  Vinoliva Restaurant & Bar ले आज डिसेम्बर ३१, न्यु इयर ईभ २०२६ को अवसरमा विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य उत्सव आयोजना गर्दैछ ।

Chivas Regal Presents शीर्षकमा सञ्चालन हुने “Countdown to an Unforgettable Night” कार्यक्रमले नयाँ वर्षको स्वागतलाई अझ यादगार बनाउने तयारी गरिएको छ । न्यु इयर ईभको मुख्य आकर्षणका रूपमा लोकप्रिय गोर्खाली तक्मा ब्यान्ड ले लाइभ प्रस्तुति दिनेछ । साँझ ८ बजेदेखि सुरु हुने कार्यक्रममा लाइभ म्युजिक, काउन्टडाउन सेलिब्रेसन र प्रिमियम फाइन-डाइनिङको उत्कृष्ट संयोजन रहने रेस्टुरेन्ट व्यवस्थापनले जनाएको छ ।

छोटो समयमै उच्चस्तरीय सेवा, स्वाद र वातावरणका कारण पहिचान बनाइसकेको भिनोलिभा एनआरएनएका शीर्ष नेतृत्वको लगानीमा सञ्चालन भइरहेको छ । रेस्टुरेन्टका अध्यक्ष एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने (मलेसिया निवासी) रहेका छन् भने लोक दाहाल (बेल्जियम), राज रेग्मी (कतार) र ईश्वर सापकोटा (जापान) सञ्चालकका रूपमा संलग्न छन् । अनुभवी एनआरएनए टोलीको व्यवस्थापनका कारण गुणस्तर, स्वच्छता र अन्तर्राष्ट्रिय सेवा मापदण्डमा भिनोलिभाले उदाहरणीय छवि बनाएको छ ।

न्यु इयर ईभलाई लक्षित गर्दै रेस्टुरेन्टले आकर्षक छुट योजनासमेत सार्वजनिक गरेको छ । टेबल प्रि-बुकिङमा २० प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिँदै मेनेजर तिलक खत्रीले सीमित सिटका कारण अग्रिम बुकिङ गर्न आग्रह गरेका छन् । भिनोलिभाको बहुपयोगी संरचनाले यसलाई अझ विशिष्ट बनाएको छ । लाइभ किचेन, विशाल मुख्य हल, क्लासी रूफटप र पूर्ण गोपनीयताका लागि प्राइभेट रुमको सुविधा रहेको यस रेस्टुरेन्ट पारिवारिक जमघट, कर्पोरेट कार्यक्रम र विशेष पार्टीका लागि उत्तिकै उपयुक्त छ ।

नेपाली, भारतीय, चाइनिज तथा कन्टिनेन्टल परिकारहरू अनुभवी सेफद्वारा लाइभ किचेनमा तयार गरिनु, आधुनिक सजावट, आरामदायी बैठक व्यवस्था र फाइभ-स्टार स्तरको सेवा भिनोलिभाका मुख्य विशेषता हुन् । यसका अतिरिक्त बालबालिकाका लागि खेलकुद सामग्रीको व्यवस्था, आकर्षक संगीतयुक्त माहोल र प्रिमियम पेय-पदार्थको संयोजनले न्यु इयर ईभलाई अझ रंगीन बनाउने अपेक्षा गरिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूको साथ र सहयोगमा आयोजना हुने यस उत्सवले राजधानीवासी तथा पाहुनालाई उच्चस्तरीय स्वाद, सेवा र मनोरञ्जनको अविस्मरणीय अनुभव प्रदान गर्ने व्यवस्थापनको दाबी छ ।

नयाँ वर्ष २०२६ मा पनि अझ विशेष कार्यक्रम, नयाँ स्वाद र उत्कृष्ट सेवाका साथ भिनोलिभा रेस्टुरेन्टलाई अगाडि बढाइने योजना रहेको व्यवस्थापनले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार