आइतवार, श्रावण २४ गते २०८३

कहाँबाट आउँदैछ सुदन गुरुङलाई यति धेरै पावर !, विदेशी शक्तिको हात छ ?

बुधवार , पौष १६, २०८२


काठमाडौँ । जेनजी आन्दोलनपछि आफूलाई जेनजी अभियान्ता बताउने सुदन गुरुङ निकै शक्तिसाली बन्दै गइरहेका छन् । उनको पहँच बालुवाटारदेखि वैकल्पिक शक्तिहरुसम्म छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार भएको सहमतिमा कुलमान घिसिङ सामेल भएनन् ।

आफ्नो अस्तित्व बिलय हुनेगरि रास्वापासँग कुनै पनि हालतमा एकता नगर्ने प्रष्ट पार्दै कुलमानले भनेका थिए, ‘प्रधानमन्त्री पनि उहाँकै, पार्टी सभापति पनि उहाँकै, हामीले किन एकता गर्ने । जिरो हुन तयार छौँ तर, एकता हुँदैन।’ राष्ट्रिय स्वतन्त्र पार्टीको दल र उसकै चुनाव चिह्नलाई मानेर जाँदा आफ्नो पार्टीको अस्तित्व नहुने तर्क कुलमानको थियो ।

आफूलाई प्रधानमन्त्री र पार्टी सभापति मध्ये एक नबनाए सम्म बालेन र रविसँग एकता नगर्ने कुलमानको अडान थियो । त्यस्तै दलको नाम रास्वपा भए चुनाव चिन्ह चिम राख्नुपर्ने कुलमानको प्रस्ताव थियो । 

तर, सुदनले बालेन, रवि र कुलमान मिल्नुपर्ने भन्दै चेतावनी दिए । सुदनले चेतावनी मात्रै दिएनन् सोमबार कुलमानलाई आफ्नै गाडीमा राखेर बालेन र रविसँग वार्ता गराउन लगे । त्यसको केही घण्टापछि सुदनले फेसबुकमा स्टाटसमार्फत बालेन, रवि र कुलमानलाई आफूले मिलाएरै छाडेको भन्दै खुसी ब्यक्त गरे । उनको स्टाटसपछि बालेन, रवि र कुलमानबीच सहमति भएको सम्झौता पत्र नै सार्वजनिक भयो ।

त्यसैगरि बालेन र रविलाई पनि आफूले नै मिलाएको सुदनको दाबी छ । आइतबार सुदनले रवि र बालेन वार्ता भइरहदा बाहिरबाट ताला समेत लगाएका थिए । तर, सुदन यति पावरफुल कसरी बने ? प्रश्न उठेको छ ।  नत सुदन जेनजी हुन्, न जेनजी अभियान्ता नै हुन् । 

सुदन सुरुमा जेनजीको आन्दोलनमा आफू स्वयमसेबक भन्दै पानी बाड्न गएका थिए । तर, पछि जेनजी आन्दोलन नै हाइज्याक गरेका सुदनमाथि अमेरिकी डलर खाएको आरोप छ । हामी नेपाल नामकको एनजीओ संस्थाका अध्यक्ष हुन्-सुदन । जेनजी आन्दोलनपछि सरकार गठन गर्नेदेखि मन्त्री छनोटमा समेत सुदनको प्रभाव देखियो । फेरि अहिले रवि, कुलमान र बालेनबीचको एकतामा पनि सुदनको दबदबा देखिएपछि सुदनको पछाडि विदेशी शक्तिको हात रहेको आरोप लागेको छ । अमेरिकी डलर खाएर सुदन शक्तिसाली बनेको पनि एकथरिको बुझाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार