आइतवार, श्रावण २४ गते २०८३

काठमाडौं उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

बिहिवार , पौष १७, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन भएको छ । काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुनः प्रदर्शन गरेका हुन् ।

यसअघि सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटर छाड्नुपर्ने फैसला गरेको थियो । महानगरपालिकाले सो फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसअघि पनि सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै आएका थिए । सरोकारवालाहरूले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गर्दै आएका छन् ।

प्रदर्शनमा गैरन्यायिक खोला मापदण्ड खारेज गर, जनतालाई उठिबास गर्ने गैर न्यायीक सडक तथा खोला मापदण्ड खारेज गर लगायतका ब्यानर र फैसला होइन न्याय दे गैरन्यायिक खोला मापदण्ड खारेज गर जस्ता टि–सटहरु लगाएर प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार