शनिवार, कार्तिक ८ गते २०८३

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु, तीन जना घाइते

बुधवार , भाद्र १६, २०७८

काठमाडौं। अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरोमा पुरिएर जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनारको मृत्यु भउको प्रहरीले जनाएको छ।

मंगलबार साँझ घरमाथिबाट आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीनजना घाइते भएका थिए। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार