काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले गरेको कालो कुर्तत बाहिर आएको छ । मन्त्री कुलमानको मिलेमतोमा ४३ करोड गडबडी भएको पुष्टि भएको हो । जेनजी आन्दोलनपछि उर्जामन्त्रीमा नियुक्त भएको हप्ता दिनमै कुलमानले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएर आफू निकटका मनोज सिलवाललाई ल्याएका थिए ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल आएपछि प्राधिकरणमा कुलमान र सिलवालको सेटिङ चल्न थाल्यो । ऊर्जामन्त्री घिसिङ र निर्देशक सिलवालले ४३ करोड रुपैयाँ गडबडी हुने गरी भारतीय कम्पनी पीटीसी इन्डियासँग विद्युत किन्ने सम्झौता गरे ।
पीटीसी इन्डियाले प्रतियुनिट ६.७४ भारुमा विद्युत दिन तयार हुँदाहुँदै दुबै जनाको मिलेमतोमा प्रतियुनिट भारतीय २१ पैसा बढाएर ६.९५ भारुमा सम्झौता गरिएको थियो । प्रतियुनिट ३४ पैसा महँगोमा बिजुली किन्दा घिसिङ–सिलवालले ४३ करोड रुपैयाँ गडबडी गरेका थिए । यो विषय बाहिर आएपछि कुलमानले प्राधिकरणलाई फाइदा हुनेगरि इन्डियासँग सम्झौता गरेको भन्दै जनताको आँखामा छारो हाल्ने काम गरे ।
तर, मंसिर २२ गते सर्वोच्च अदालतले हितेन्द्रलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन परमादेश जारी गरेसँगै सिलवाल विदा भए । त्यसपछि भने कुलमान तनावमा थिए । कार्यकारी निर्देशकमा हितेन्द्र पुनःस्थापित भएपछि भारतीय कम्पनीसँग विद्युत किन्ने नयाँ प्रस्ताव माग गरे । एनभीभीएनले पत्र पठाउँदै प्रतियुनिट ६.६० भारुमै बिजुली दिन तयार रहेको प्रस्ताव गरेपछि कुलमानको झुटको पर्दाफास भयो ।
उनले ४३ करोड गडबडी प्रमाणित पनि भयो । ४३ करोड गडबडी प्रमाणित भएसँगै कुलमान निकै तनावमा छन् । कुलमान जुनसुकै बेला पक्राउ पर्न सक्छन् । ४३ करोड गडबडीका विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नबाट जोगिनको लागि कुलमानले आफूले गरेको सम्झौता खारेज गर्न प्राधिकरणलाई दबाब दिइरहेका छन् ।