आइतवार, श्रावण २४ गते २०८३

ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई किन पक्राउ गरे ?, विश्व तरंगित बन्यो : नेपाल पनि झस्कियो !

आइतवार , पौष २०, २०८२

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक विश्व हल्लाएका छन् । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरि न्युयोर्क लिएपछि विश्व नै तरंगित बनेको हो ।

भेनेजुएलाको सरकार अहिले अमेरिकाको हातमा छ । ट्रम्पलेले अहिलेको लागि भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएका छन् ।

साथै उनले भेनेजुएलाको विशाल कच्चा तेल भण्डार उत्खननका लागि अमेरिकी तेल कम्पनीहरूलाई तत्काल अनुमति दिने घोषणासमेत गरेका छन् । अमेरिकाको यस कदमले नेपाल पनि तरंगित बनेको छ । अधिकांश नेपालीले अमेरिकाको विरोध गरेका छन् । 

अमेरिका र भेनेजुएलाबीच तनाव के हो?  
पछिल्लो समय ट्रम्पले राष्ट्रपति मादुरोलाई सत्ता छाड्न दबाब दिइरहेका थिए। मादुरोले गैह्रकानुनी सत्ता चलाएको, लागुऔषधको कारोबार गरेको आरोप ट्रम्पको छ । खासमा सन् १९९८ मा ह्यूगो चावेज भेनेजुएलाको राष्ट्रपति बनेपछि अमेरिकासँगको परम्परागत निकट सम्बन्ध खल्बलीएको हो ।

चावेजले भेनेजुएलाको तेल क्षेत्रको राष्ट्रियकरण गरे, अमेरिकी कम्पनीहरूको प्रभाव घटाए र आफ्नो समाजवादी नीतिहरू लागू गरे। यी कदमबाट अमेरिका आक्रोशित बन्यो । २०१३ मा चावेजको मृत्युपछि निकोलास मादुरो राष्ट्रपति बने। पछिल्लो समय सन् २०२४ मा मादुरोलाई राष्ट्रपति चुनावको विजेता घोषणा गरिएको थियो। आफूले नचाहेका व्यक्ति भेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प आक्रोशित हुँदै उनिमाथि विभिन्न आरोप लगाए ।

 मादुरोले आफूमाथि लगाइएको आरोप झुटा रहेको दाबी गर्दै अमेरिकाले आफ्नो तेल भण्डारमा कब्जा गर्न खोजेको बताएका थिए । भेनेजुएलामा विश्वको सबैभन्दा ठुलो प्रमाणित कच्चा पेट्रोलियम पदार्थको भण्डार छ। भेनेजुएलाले दैनिक करिब नौ लाख ब्यारेल तेलमात्रै निर्यात गर्दछ। चीन भेनेजुएलाको तेलको सबैभन्दा ठुलो खरिदकर्ता देश हो।  मादुरोले अमेरिकाले तेल भण्डार कब्जा गर्न खोजेको आरोप लगाएका थिए ।

तर, उनै मादुरालाई नै अमेरिकाले कब्जा गर्दै तेल भण्डार उत्खनन गर्ने घोषणा गरेको छ । अब अमेरिकाले भेनेजुएला चलाउनेछ र त्यहाँको तेल बेच्ने पनि छ ।  अमेरिकाले मादुरोलाई पक्राउ गरेपछि नेपाल जस्ता कमजोर विश्वका केही देश चिन्तित बनेका छन् । यसरी शक्तिसाली देशले कमजोर देशलाई आक्रमण गर्ने हो भने विश्व अशान्त बन्ने चिन्ता बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार