काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ। यसअघि जारी हुँदै आएको उपत्यकाको निषेधाज्ञा आज रातिबाट सकिँदै छ। हाल जारी निषेधाज्ञामा पछिल्लो समय कोरोना संक्रमणदर स्थिर रहेकाले निषेधाज्ञा थप गरिने भएको हो । निषेधाज्ञाबारे निर्णय गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल हुँदै छ।