काठमाडौं । काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि निषेधाज्ञा हटेको छ। गत बैसाखदेखी जारी निषेधाज्ञा करिब ५ महिनापछि आजबाट पुर्ण रुपमा हटाइएको हो। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा हटाई भिडभाड नगर्न अनुरोध गरी आदेश जारी गरेको छ।
त्यस्तै संक्रमण जोखिमका कारण बन्द रहेको विद्यालय सञ्चालनको हकमा भने नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउँनेछने जनाइएको छ।
प्रशासनले जारी गरेको आदेश यस्तो छ।