काठमाडौं। बुधबार २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९३५ जनामा परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो । बुधबार ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।
यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले पुष्टी गरेको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।