आइतवार, श्रावण २४ गते २०८३

खेलकुदमन्त्री गुप्ताले अमेरिका घुमेपछि मात्रै राजीनामा दिने, यसकारण सञ्चारमन्त्री खरेलले राजीनामा नदिने

बिहिवार , पौष २४, २०८२

काठमाडौँ । अन्तरिम सरकारमा सहभागि मन्त्रीहरुका माग थरिथरिका छन् । मन्त्रीहरुका माग सुनेर प्रधानमन्त्री सुशीला कार्की नै हैरान भएकी छन् । नागरिक सरकारको मन्त्री पदमा रहेर राजनीतिक दलमा लागेको भन्दै प्रधानमन्त्री कार्कीले उर्जामन्त्री कुलमान घिसिङलाई पदबाट राजीनामा दिन निर्देशन दिइन् ।

चौतर्फी आलोचना भएपछि बल्लतल्ल बुधबार राति उर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिए । कुलमानले राजीनामा दिनुअघि प्रधानमन्त्री कार्कीसँग एउटा माग रोखका थिए । कुलमानको माग थियो- ‘मन्त्रीबाट राजीनामा दिएपछि आफूले भनेको मान्छेलाई मन्त्री बनाउनु पछककर्क ।’

त्यस्तै प्रधानमन्त्रीले खेलकुदमन्त्री बब्लु गुप्ता र संञ्चारमन्त्री जगदीश खरेललाई पनि पदबाट राजीनामा दिन निर्देशन दिएकी थिइन ।  मन्त्री खरेलले आफू कुनै पनि दलमा आवद्ध नभएको र चुनावमा उठ्ने योजना पनि नरहेको स्पष्ट गर्दै राजीनामा नदिने अडान लिएका छन् । रास्वपाबाट चुनाव लड्ने तयारीमा रहेका खेलकुदमन्त्री गुप्ता राजीनामा दिन तयार छन् ।

तर, उनको पनि एउटा माग छ । मन्त्री गुप्तालाई अमेरिका घुम्ने ठुलो रहर छ । यदी आफ्नै गोजीको पैसाबाट अमेरिका घुम्न गए लाखौँ रकम चाहिन्छ ।  त्यसैले रातो पासपोर्ट र सरकारी सुविधामा एक पटक अमेरिका घुम्ने र त्यहाँबाट फर्किएपछि राजीनामा दिने गुप्ताले प्रधानमन्त्री कार्कीसँग माग गरेका छन् । 

प्रधानमन्त्री कार्कीसँग उनले आफू अमेरिका भ्रमणबाट फर्के लगत्तै पदबाट राजीनामा दिने बताएका हुन् । आफ्नो अमेरिका भ्रमण रोक्नु नपर्ने मन्त्री गुप्ताको माग छ । 

अन्तरिम सरकारमा सहभागि मन्त्रीहरुको गतिविधिले सरकारकै बदनाम भइरहेको भन्दै सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी भइरहेका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार