आइतवार, श्रावण २४ गते २०८३

इरानी नेतालाई अमेरिकी सिनेटरले दिए ज्यान मार्ने धम्की

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । अमेरिकी सिनेटर तथा रिपब्लिकन नेता लिन्डसे ग्राहमले इरानी सर्वोच्च नेतालाई ‘मार्ने’ चेतावनी दिएका छन् । 

उनले ‘फक्स न्युज’सँगको कुराकानीमा इरानमा चर्किएको सरकारविरोधी प्रदर्शनमा इरानले आफ्नै देशका प्रदर्शनकारीलाई मार्ने क्रम नरोकेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ‘सर्वोच्च’ नेतालाई मार्ने चेतावनी दिएका हुन् ।

ग्राहमले भनेका छन्, “इरानका जनतालाई म भन्न चाहन्छु, हामी तपाईंहरूका साथमा छौँ । तपाईंहरूले आफ्नो देश आयातोल्लाहबाट फिर्ता लिन गरेको संघर्षमा हाम्रो समर्थन छ ।”

समाचारअनुसार बुधबारसम्म इरानको अशान्तिमा कम्तीमा ३९ जनाको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा बढी मानिस हिरासतमा छन् ।

“आयातोल्लाहले जनतालाई मार्न जारी राखे भने डोनाल्ड जे। ट्रम्पले तपाईंलाई मार्नेछन्,” उनले भनेका छन् । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार