आइतवार, श्रावण २४ गते २०८३

पहिलोपल्ट कोसीमा ८० लाख लगानीमा ‘घुम्ती अस्पताल’ सञ्चालनमा आयो

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । कोसी प्रदेश सरकारले पहिलोपल्ट कोसी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट यो घुम्ती अस्पताल सुरू भएको हो ।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गरेका छन् । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो । यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाले जानकारी दिइन् ।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने बताएका छन् । तत्कालै महामारी फैलिँदा स्वास्थ्य शिविरहरू सञ्चालन गर्न यो प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमूनायोग्य भएको चर्चा गर्दै यसलाई थप परिस्कृत गर्दै आम जनतामा पुर्याउने प्रदेश सरकारको तयारी रहेको कार्कीले जानकारी दिए ।

शुक्रबार कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयले स्वास्थ्य शिविर समेत आयोजना गरेको छ । त्यस्तै, प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बुले प्रदेश सरकारले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन् ।

करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोसी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार