गायक प्रमोद खरेल, संगीतकार अर्जुन पोखरेल, चलचित्रकर्मी राजेश घतानीले उनको मृत्यु भएको पुष्टि गरेका छन् । सन् १९८३ मा दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ बुवाको निधनपछि प्रहरी सेवामा समेत भर्ती भएका थिए।
उनले दर्जनौँ नेपाली गीत गाएका छन् भने केही फिल्ममा पनि अभिनय गरेका छन्। परदेशी र गोर्खा पल्टन जस्ता नेपाली फिल्ममा अभिनय गरेका उनी सन् २०१० मा नेपाल पर्यटन वर्ष २०११ का सद्भावना दूतसमेत बनेका थिए।