आइतवार, श्रावण २४ गते २०८३

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलको अभिभावक दिवसमा उत्कृष्ट अभिभावक तथा शिक्षकलाई सम्मान

मंगलवार , पौष २९, २०८२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा रहेको विद्यासागर इङ्लिस बोर्डिङ स्कुलले अभिभावक दिवस सम्पन्न गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका स्कुल अध्यक्ष प्रा.डा. गणेशबहादुर गरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमका वक्ताहरुले स्कुलले विद्यार्थीहरुको लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रवक्तासमेत रहेको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीले विद्यालयहरुले समयसापेक्ष रूपमा आफूलाई रुपान्तरण गर्दै लानुपर्ने बताएका छन् । उनले विद्यासागर इङ्लिस बोर्डिङ स्कुलले सिर्जनात्मक तथा प्रविधिमैत्री सिकाईमा जोड दिएर विद्यार्थीहरुलाई त्यसै अनुसार शिक्षा प्रदान गर्दै आएको पनि बताएका छन् ।

विद्यालयका प्रिन्सिपल पोष्टहरि बरालले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि सुवेदी, विद्यालयका कार्यकारी निर्देशक महेन्द्रकुमार जोशी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन प्रसाद पोखरेललगायतले उत्कृष्ट अभिभावक तथा शिक्षकहरुलाई सम्मान गरेका थिए । अतिथिहरुलाई स्कुलले मायाको चिनो प्रदान गरेको थियो ।

नेपाल आइडल सिंङ्गिङ कन्टेस्ट सिजन ६ का विजेता गायिका गंगा सोनाम तथा गायक तथा मोडेल दिपेन्द्र सोनामले गाएका सुमधुर गीतले उपस्थित अतिथि र अभिभावकहरुलाई मनोरन्जन प्रदान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार