सीबीएसले त इरान भित्र र बाहिरका स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या २० हजार पनि पुग्न सक्ने उल्लेख गरेको छ। उता एक्सियोस समाचार वेबसाइटले इजरायली गुप्तचर स्रोतले मृतकको संख्या लगभग ५ हजार रहेको बताएको जनाएको छ।
इरानमा भएको विरोध प्रदर्शनमा मारिएकाको वास्तविक संख्या धेरै कारण एकिन गर्न गाह्रो छ। किनकि इरानमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई सञ्चालन गर्न निषेध गरिएको छ र पाँच दिनदेखि इन्टरनेट पनि बन्द गरिएको छ।
देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ देखि इरानमा जनप्रदर्शन भइरहेको हो। यस क्रममा ठाउँठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप पनि भइरहेका छन्।