काठमाडौं। प्रदेश १ मा फेरी नयाँ सरकार बनाउन विपक्षी गठबन्धनमा तयारी सुरु भएको छ। एमालेको बहुमत गमेसंगै भर्खरै फरिएको सरकार फेरी फेर्ने तयार िगठबन्धनको छ। सोही अनुसार उनिहरु छलफलमा जुटेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मञ्च सम्मिलित प्रदेशको विपक्षी गठबन्धनले आगामी रणनीति तय गर्न आजदेखि छलफल थालेका हुन्।
अहिले विराटनगरमा पाँच दलीय गठबन्धनको बैठक सुरू भएको समाचारमा जनाइएको छ। प्रदेश १ मा एमालेका १० सांसदले नेकपा समाजवादी रोजी सनाखत गरेपछि एमाले नेता भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ।