काठमाडौं। बिहिबार २ हजार ४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणका कारण २४ घण्टामा १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ।