आइतवार, श्रावण २४ गते २०८३

पहिलो पटक रास्वपा कार्यालय पुगेका बालेनले के-के गरे ?

आइतवार , माघ ४, २०८२

काठमाडौँ । अन्ततः काठमाडौँ महानगरपालिकाको मेयरको पदबाट बालेन शाहले राजीनामा दिएका छन् । साहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले आज उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाएका थिए ।

आजको मितिबाट लागू हुनेगरी स्वेच्छाले राजीनामा दिएको पत्रमा उल्लेख छ । मेयरको पदबाट राजीनामा दिए लगत्तै बालेन रास्वपाको पार्टी कार्यालय पुगेका थिए । बालेनको स्वागतमा हजारौँको भिड लागेको थियो । बालेन पुग्दा उनको पक्षमा नारा नै लागेको थियो । बालेनले घन्टीघरमा रास्वपाका सभापतिलाई अंकमाल गर्दै घण्टी बाएका थिए ।

समर्थकलाई अभिवादनसँगै फ्लाइङ किस दिए । त्यसपछि आफ्नो कार्यकक्षमा पदबहाली गरे । तर, बालेनले समर्थकलाई सम्बोधन गरेनन् ।  घण्टीघरमा पदबहाली गरेर रास्वपाका वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् ।  

वरिष्ठ नेता शाह रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् । शाहलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । रास्वपाले बालेनलाई भावि प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिएको छ ।

आजदेखि बालेन पनि औपचारिक रुपमा चुनावी प्रचारमा सहभागि हुनेछन् । बालेनले झापा ५ बाट चुनाव लड्ने तयारी गरेका छन् । झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको पकड भएको क्षेत्र हो । घरमै घुसेर ओलीलाई नै हराउने बालेनको योजना छ । फागुन २१ गते हुने निर्वाचनमा बालेन र ओलीबीच महाभिडन्त हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार