काठमाडौँ । नेकपा एमालेले गोरखा–२ मा अपराधिक पृष्ठभूमिका चक्रे मिलन गुरुङलाई टिकट दिएपछि चर्को आलोचना भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा चर्के मिलन पर्दा अनुभवि र पार्टीमा लामो योगदान गरेका नेतालाई बाइपास गरिएको छ । चिर्के मिलन यस्ता पात्र हुन्– उनिदेखि समाज त्रसित हुन्छ ।
उनि जहाँ जान्छन् त्यहाँ १० /१२ जना केटाहरू अघि र पछि हुन्छन् । चर्के गुण्डा नाइके भएको ओलीलाई पनि राम्रोसँग थाहा छ । तर, उनै चर्के ओलीको रोजाइमा परे । २०४७ सालदेखि चर्के अपराधिक गतिविधिमा लागेका थिए ।
महाराजगञ्ज एरियालाई इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे २०४७ साउन ७ गते पक्राउ परेका थिए ।
२०४७ देखि २०८२ सम्म आइपुग्दा चर्केका अपराधिक गतिविध
२०४७ साउन ७ गते सार्वजनिक अपराध
२०५२ जेठ १३ गते ज्यान मार्ने उद्योग
२०५५ वैशाख १२ गते ज्यान मार्ने उद्योग
२०६१ वैशाख २१ गते ज्यान मार्ने उद्योग
२०६३ भदौ २२ गते ज्यान मार्ने उद्योग
२०६५ माघ ८ गते ज्यान मार्ने उद्योग
२०६६ असार २८ गते लागुऔषध
२०७४ वैशाख २६ गते साधारण अपराध
२०७४ भदौ ११ साधारण अपराध
२०७१ साउन २१ ग्ते गुन्डागर्दी
२०८२ साउन १५ गते अभद्र व्यवहार
चर्के पटक पटक पक्राउ पर्छन । तर, पैसा र राजनीतिक आडमा छुट्छन् । उनिविरुद्ध दर्जनौ मुद्धा अदालतमा चलिरहेका छन् । तर, उनै चर्केलाई अध्यक्ष ओलीले चुनावको टिकट दिएर सांसददेखि मन्त्रीबन्ने सम्मको ढोका खुला गरिदिएका छन् । भदौ २४ गते लखेटिदा त्रसित बनेका ओलीले आफ्नो सुरक्षाको लागि गुन्डाको साहरा लिएको धरेको बुझाइ छ ।
तर, पार्टीमा लामो योगदान गरेका र अनुभवि नेतालाई पाखा लगाएर गुन्डा नाइकेलाई टिकट दिनु उचित होइन । यसको असर एमालेलाई चुनावमा पर्नसक्छ । नेकपा एमालेका केन्द्रीय विष्णु रिजाजले पार्टीले टिकट नदिएपछि सार्वजनिक रुपमा दुखेसो पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जिल्ला र प्रदेश कमिटीले पहिलो नम्बरमै आफूलाई उम्मेदवार सिफारिस गरे पनि अध्यक्ष केपी ओलीको रोजाइमा पर्न नसकेको भन्दै मन दुखाएका हुन् ।
रिजाल दैलेख २ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी थिए। तर, शनिबार बसेको एमाले सचिवालय बैठकले दैलेख २ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। दैलेख–२ मा क्षेत्रीय कमिटीले मतदानमार्फत् उम्मेदवार सिफारिस गरेको थियो। प्रतिस्पर्धामा ६७ मत ल्याएर रिजाल पहिलो नम्बरमा सिफारिस भएका थिए। टिकट पाउने लक्ष्मीराज पोखरेलले ६६ मत प्राप्त गरेका थिए।
रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस पटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा एमालेका कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिश भएको थिएँ। जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिश गरेका थिए। तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन।’
उनले आफू सात वर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको भन्दै ओलीको व्यंग्य गरेका छन्। एमालेले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकट वितरण गर्दा आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका केही नेतालाई पाखा लगाउँदै अन्यलाई टिकट दिएको छ ।
ओलीले इश्वर पोखरेल पक्षका नेताहरुलाई टिकट नदिने रणनीति अपनाइरहेका छन् । उम्मेदवार छनोटमा एकलौटी गरेपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सचिवालय निर्णयविरूद्ध नोट अफ डिसेन्ट (असहमति) दर्ता गराएका छन्।