आइतवार, श्रावण २४ गते २०८३

आजदेखि ४५ जिल्लामा कांग्रेसको वडा अधिवेशन

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन  अन्तर्गत आजदेखि ४५ जिल्लाका वडामा अधिवेशन सुरु भएको छ। महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभर अधिवेशन गर्ने भनिए पनि त्यसो हुन सकेन्। 

निर्वाचन समितिका अनुसार आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने छ। ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको छैन ।

२७ भदौमा गाउँ/नगर अधिवेशन हुने भएकाले बाँकी जिल्लाका वडाहरुमा २६ भदौ अघि अधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ।वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा)ं कमिटी चयनका लागि मतदाता हुन्। केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ।

विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार