आइतवार, श्रावण २४ गते २०८३

जम्मु-कश्मीरमा भारतीय सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु

बिहिवार , माघ ८, २०८२

काठमाडौँ । जम्मु कश्मीरको डोडा जिल्लामा बिहीबार भारतीय सेनाको गाडी ४०० फिट गहिरो खोँचमा खस्दा १० सैनिकको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरूलाई उद्धमपुर सैन्य अस्पताल पुर्‍याइएको छ।

दुर्घटना भदरवाह-चम्बा अन्तरराज्यीय सडकमा रहेको खन्नी टपनजिकै भएको हो। डोडाका उपायुक्त हरविन्दर सिंहले भने, ‘सडकमा हिउँ परेका कारण चालकले गाडीको नियन्त्रण गुमाए।’

भारतीय सेनाका एक अधिकारीका अनुसार गाडी डोडाबाट २१ सैनिक लिएर माथिल्लो पोस्ट जाँदै थियो। सेनाले मृतक र घाइते सैनिकहरू कुन राज्यबाट आएका थिए भन्ने कुरा अहिलेसम्म खुलाएको छैन। भदरवाह-चम्बा सडकले जम्मु कश्मीर र हिमाचल प्रदेशलाई जोड्छ। यो मार्गमा अग्ला पहाड, गहिरा खोँच र घना जंगल छन्। यो सडक अत्यन्तै साँघुरो र धेरै ठाउँमा निकै घुम्तीहरू छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार