काठमाडौँ । चुनाव नजिकिएसँगै एकथरिको माग छ- तीन जना भावि प्रधानमन्त्रीका उम्मेदवारलाई एउटै मञ्चमा राखेर बहस गराउनु पर्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह र नेपाली कांग्रेसका सभापति गगन थापा भावि प्रधानमन्त्रीको उम्मेदवार तोकिएका छन् । यी तीनै जनाबीच सार्वजनिक बहस गराउनु पर्ने माग उठिरहेको छ । तीन जनाका एजेण्डा जसले रुचाउँछन् त्यसलाई मतदाताले भोट पनि दिन्छन् ।
यस्तो अभ्यास विश्वका कयौँ देशमा हुने गर्छ । अमेरिकामा पनि निर्वाचनअघि राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच बहस भएको थियो । अहिले नेपालमा पनि बालेन, ओली र गगनलाई एउटै मञ्चमा राखेर बहस गराउनु पर्ने माग उठेको हो । गगन र बालेनसँग बहस गर्न आफू तयार भएको ओलीले जानकारी दिइसकेका छन् ।
जुनसुकै समयमा भएपनि बहस गर्न ओली तयार छन् । तर, सार्वजनिक बहस गर्न बालेन भने डराएका छन् । ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले ओलीसँग एउटै मञ्चमा नउभिने घोषणा गरेका हुन् । उता गगन थापाले भने यसबारेमा प्रतिक्रिया दिएका छैनन ।
सम्भवत गगन थापा ओलीको प्रस्ताव स्वीकार गर्न सक्नछन् । किनकी गगन थापा बहस गर्न र आफ्ना एजेण्डा जनतासामु राख्न रुचाउने नेता हुन् । तर, बालेनले भने इन्कार गरेपछि अब ओली र गगनबीच भएपनि बहस गराउनु पर्ने एकथरिको माग छ ।