आइतवार, श्रावण २४ गते २०८३

मालपानीले दिएको ८ करोडको गाडी : प्रश्नबाट भाग्छन् बालेन, कालो कर्तुत बाहिरिएपछि चुनावमा धक्का लाग्ने !

मंगलवार , माघ १३, २०८२

काठमाडौँ । फागुन २१ गते हुने चुनावको प्रचारप्रसारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह जहाँ जान्छन्- त्यहाँ कालो रङको चिल्लो गाडी हुन्छ । सोही गाडीमा हात हल्लाउदै बालेनले भोट मागिरहेका हुन्छन् ।

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका बालेनले बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर गाडी चढ्ने गरेका छन् ।

जगुरा ल्यान्ड रोभर लिमिटेडको उत्पादन डिफेन्डरको नेपाली मूल्य ८ करोड पर्छ । तर, उक्त गाडी बालेनले आफ्नो गोजीको पैसाले खरिद गरेर चढेका भने होइनन् ।  करेन्ट चाउचाउका मालिक कमल मालपानीले बालेनलाई गाडी उपहार दिएका हुन् ।

कुनै पनि व्यापारीले ८ करोडको गाडी स्वार्थ बिना दिने कुरै हुँदैन । बालेन र व्यापारीबीचको स्वार्थ के हो ? गम्भिर प्रश्न उठेको छ । बालेन देख्नेबित्तिकै सञ्चारकर्मीहरूले घेर्दै सोही गाडीको विषयमा प्रश्न गर्छन । सञ्चारकर्मीले ‘तपाईंले चढेको ८ करोडको गाडी कहाँबाट आयो ?‘ र ‘के यसप्रति तपाईं उत्तरदायी हुनु पर्दैन ?’ भनी प्रश्न गर्दा बालेन प्रश्नको जवाफ नदिइ भाग्ने गर्छन । बालेनले आफ्नो कोटाबाट समानुपातिमा धनाढ्य र व्यापारीका छोरालाई राखेका थिए ।

गाडी काण्ड र समानुपातिक कोटामा बालेनले देखाएको हर्कतबारे एक थरिले भनिरहेका छन् - उनि गरिब जनताका नेता होइनन् । केबल धनाढ्यका लागि मात्रै नेता हुन् । काठमाडौँ महानगरपालिकाको मयेर हुँदा गरिबहरुको ठेला खोसेर भाइरल भएका बोलन केन्द्रीय राजनीतिमा आएसँगै उनका एकपछि अर्को कालो कुर्तत बाहिर आइरहेका छन् ।

जसले चुनावमा बालेनलाई ठुलै धक्का लाग्ने देखिन्छ । नेतृत्व जनताप्रति जवाफदेही हुनुपर्छ । तर, प्रश्नबाट भाग्ने बालेनबाट देश नबन्ने एकथरिको बुझाइ छ । आफ्नो पोल खुल्ने डरले बालेन प्रश्नबाट भाग्दै आएका छन् । देशको नेतृत्व गर्न चाहने व्यक्ति संवाद, छलफल र प्रश्न–उत्तरबाट उम्किनु नहुने भन्दै धेरैले बालेनमाथि कटाक्ष गरिरहेका छन् । तर, कति दिन जनताको आँखा छलेर बालेन बच्न सक्छन् ? त्यो भने समयले बताउने नै छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार