काठमाडौं। पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ। सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध हुँदा यात्रुहरु अलपज्ञ परेका छन्।
अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए। राजधानी भित्रने यो मुख्य सडकमा बारम्बार पहिरोका कारण यात्रुले सास्ती भोग्दै आएका छन्।