सोमवार, श्रावण २५ गते २०८३

शुक्रबार १७५६ जना संक्रमित थपिए, २३ जनाको मृत्यु

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौं। शुक्रबार १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको हो।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन्। शुक्रबार २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। हाल सम्म नेपालमा १० हजार ८०९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार