काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ठुलै झट्का लागेको छ । आज मात्रै रवि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । खट्टाको संक्रमण बढ्दै गएर ‘सेलुलाइटिस’भएपछि रविले अस्पतालमा नै केही दिन बसेर उपचार गराउनु परेको थियो ।
मधेस प्रदेशको जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी गत मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार लामिछानेको स्वास्थ्यावस्थामा सुधार आएसँगै आज डिस्चार्ज गरिएको हो ।
तर डिस्चार्ज भएकै दिन रविलाई ठुलै झट्का लागेको छ । रुपन्देहीमा रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने निर्णय गरेपछि झट्का लागेको छ । लामिछानेविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने भएको हो ।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको संगिठत अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यसअनुसार, मुद्दा फिर्ता लिन सम्बन्धी जिल्ला सरकारी वकीलको कार्यालयलाई पत्राचार गरेको थियो।
महान्यायाधिवक्ताको कार्यालयको निर्णयका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले जिल्ला अदालत, रुपन्देहीमा मुद्दा फिर्ता लिन निवेदन दिएको थियो। तर, जिल्ला अदालतले मुद्दा फिर्ताबारे सर्वोच्चमा परेको रिट टुंगो लागेपछि मात्रै निर्णय गर्ने आदेश दिएको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेसहित प्रतिवादीका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। तर, मुद्धा फिर्ता लिने निर्णय विरुद्ध सर्वोचच अदालतमा रिट परेको छ । अन्तरिम सरकारले सत्ताको बलमा मुद्धा फिर्ता लिएको आरोप लागेको छ । कानुन अनुसार कुनै पनि हालतमा मुद्धा फिर्ता लिन नमिल्नै भन्दै सर्वोच्चमा रिट दायर भएको छ ।
अब रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता हुने या नहुने निर्णय सर्वोच्चको हातमा छ । सर्वोच्च अदालतले जे फैसला गर्छ त्यही कार्यान्वयन हुनेछ ।
यदि सर्वोच्च अदालतले महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णय बदर गरखेको खण्डमा रविले फेरि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको सामना गर्नुपर्नेछ ।