शनिवार, कार्तिक ८ गते २०८३

अर्घाखाँचीको शितगंगा बरबोटमा एक बिहानै हाइस दुर्घटना

शनिवार , भाद्र १९, २०७८

काठमाडौं। अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

११  जना  घाइते भएका छन्। मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिक छन्। 

काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शनिवार बिहान शितगंगा–३ को बरबोटमा दुर्घटना हुँदा भएको हो।  प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

गम्भीर घाइते २ जना र अन्य ३ जना गरी ५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ। अन्य ६ जनाको अवस्था सामान्य रहेको छ। घटनास्थलमा ठाडा ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार